पोखरा १५ मा फुटसल प्रतियोगिता हुने
पाेखरा | जेठ २५, २०८१
पोखरा: दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै पहिलो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही जेठको ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरिने सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा पोखरा १५ भित्रका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
उनले प्रतियोगिताको विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
उनले फोनमार्फत(९८०४१९५९७३, ९८०६५२५००४) पनि टिम दर्ता गर्न सकिने बताउदै यही २९ गतेभित्र समय तोकिएको जनाकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

